रोगबाट आफैँ जोगिनुस् र भोकबाट हामी बचाउछौं


निषेधाज्ञाबिच समस्यामा परेका कलाकारहरूलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले १२ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। गत आइतवारदेखि सुरु भएको राहत वितरणको पहिलो चरणमा करिव ७ सय कलाकारलाई राहत दिइएको हो।

प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रुपमा लोकदोहोरी कलाकारहरूलाई खाद्यान्न सामाग्री वितरण गर्‍यो। प्रतिष्ठानले प्रत्येकलाई एक बोरा चामल, पाँच लिटर तेल, दाल, चिउरा, माक्स र स्यानिटाइजर उपलब्ध गरायो।

अभियानको पहिलो चरणमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा सम्पूर्ण सामग्री वितरण गराइएको अध्यक्ष रमेश बिजीले जानकारी दिए।ुरोगबाट आफैँ जोगिनुस् र भोकबाट हामी बचाउछौं भन्ने नारासहित यो अभियान सुरु भएको उनको कथन छ। कोरोनाको महामारी र निषेधाज्ञा अन्त्य नहुँदासम्म प्रतिष्ठान केन्द्र र उपत्यका समन्वय समितिको संयुक्त यो अभियान चलिरहने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *