सत्ता बाहिर आइपुगे १२ वर्ष राज गरेका बेन्जामिन नेतान्याहु


इजरायलका नयाँ प्रधानमन्त्री नाफ्ताली बेनेटले शपथ ग्रहण गरेका छन्। १२ वर्ष सत्तामा राज गरेका बेन्जामिन नेतान्याहुले पद गुमाएसँगै उनी नयाँ प्रधानमन्त्री बनेका हुन्।

६०-५९ मतको साँघुरो प्रतिस्पर्धामा गठबन्धनको नेतृत्व गर्दै नाफ्ताली प्रधानमन्त्रीमा चुनिएका हुन्। नाफ्ताली २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन्।

त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने सम्झौता गरेको बताइएको छ। सत्तामा लामो समय रजगज गरेका लिकुड पार्टीका प्रमुख नेतात्याहु भने विपक्षी दलको नेता रहने छन्।

नेतान्याहुमाथि आलोचना बढ्न थालेपछि इजरायलमा गत डिसेम्बरमा संसद विघटन भइ निर्वाचन भएको थियो। मार्च २३ भएको निर्वाचनपछि नेतान्याहूले नयाँ सरकार बनाउन असफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *