नेपाललाई विश्व बैंकको ७ अर्ब सहयोग


काठमाडौं । नेपाललाई विश्व बैंकले ७ अर्ब रुपैयाँ (६० मिलियन डलर) आर्थिक सहयोग गर्ने भएको छ । बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि सहयोग गर्ने निर्णय पारित गरेको हो ।

विश्व बैंकको उक्त सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च गरिन छ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *