सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा, १५ प्रतिशत लाभांश


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभाले सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।भर्चुअल माध्यमबाट सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरे ।

आ।व। २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ।व।को साधारण सभा भएको दिन सम्म २ अर्व १ करोड भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी दिइएको छ ।

उक्त वीमा शुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६.०७ वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *