नगरवासीलाई राहत र सहुलियत कार्यक्रम ल्याउने योजना


काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीका लागि राहत र सहुलियत कार्यक्रम ल्याउने भएको छ । आउँदो असार २ गते बस्ने नगरसभामा नगरवासीलाई राहत र सहुलियतका कार्यक्रमसहितको योजना पेस गर्न लागिएको जनाइएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्य क्षेत्रको कार्यक्रमलाई प्राथमिकता दिइने बताए । कोरोना महामारीविरुद्ध लड्न उपचार र स्वास्थ्य क्षेत्रमा केन्द्रित हुने उनको भनाइ छ।‘‘महानगर क्षेत्रमा कोरोना महामारीबाट निधन भएका परिवारलाई केही सहायता उपलब्ध गराउनेछौँ । यसका साथै नीति तथा कार्यक्रम र बजेटमा कोरोनाका कारण व्यापार–व्यवसाय, पेसा, रोजगारीमा परेको असरलाई राहत दिने गरी व्यवस्था मिलाइनेछ,” उनले भने ।

महानगरपालिका क्षेत्रमा व्यापार–व्यवसायमा लाग्ने करमा छुट दिने गरी कार्यक्रम ल्याइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *