नारायणी बैंकलाई हकप्रद निष्काशन गर्न राष्ट्र बैंकको अनुमति
नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न नेपाल राष्ट्र बैंकको अनुमति दिएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई जेठ २० गते राष्ट्र बैंकले १ः१ मा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
नारायणीको गत माघ १६ गते सम्पन्न १९ औं साधारण सभाले तत्काल कायम चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय भई स्वीकृतिको राष्ट्र बैंकमा पेश गरेको थियो ।राष्ट्र बैंकले भने १ः१ को अनुपातमा मात्रै हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।