संविधानलाई कागजको खोस्टोमा परिणत गर्न राष्ट्रपति र प्रधानमन्त्री लागे


ओली नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कोभिड १९ महामारीका बेला पार्टीको १४ औँ महाधिवेशन तोकिएको मितिमा कसरी सम्पन्न गर्ने भन्ने विषयमा नेपाली कांग्रेसले छलफल चलाउनु पर्ने बताएका छन्। विराटनगरस्थित साझा मञ्चद्वारा आयोजित भर्चुअल कार्यक्रमममा सिटौलाले पार्टीको केन्द्रीय समिति वा पदाधिकारीको बैठकमा महाधिवेशनको मोडालिटीका बारेमा छलफल चलाउनु पर्ने बताएका हुन्।

उनले कोभिड १९ संक्रमण भएपनि आगामी महाधिवेशन भदौ महिनाभित्र सम्पन्न गर्नै पर्ने संवैधानिक बाध्यता भएको स्पष्ट पार्दै यसका लागि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताए।

सिटौलाले सर्वोच्च अदालतले यस पटक पनि प्रधानमन्त्रीले संविधानको अतिक्रमण गरेको ठहर गर्ने विश्वास व्यक्त गरे। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानलाई कागजको खोस्टोमा परिणत गर्न लागेको आरोप लागेको उनको आरोप थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *