किन देखियो पुनर्बीमा कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण ?
काठमाडौं । यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढीनै देखियो । साताको पाँच कारोबार दिनमध्य तीन दिन कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो ।
पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो भने त्यस पछिको तीन कारोबार दिन नेपाल पुनर्बीमा कम्पनीले सो हिस्सा ओगटेको थियो ।यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने रू. ३ अर्ब ५९ करोड ४३ लाख ९९ हजार बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ ।
यो साता कम्पनीको मूल्यमा पनि बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ६२५ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. १ हजार ७६५ कायम भएको छ । गत साताभन्दा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। १३५ ले बृद्धि भएको हो ।