अन्धराष्ट्रवाद र क्षेत्रीयतावादको घाँटी कसरी जोडियो?


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? भन्दै प्रश्न गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी गरेपछि उनले त्यस्तो प्रश्न तेर्साएका हुन् । वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सरकारमा गएपछि उनले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? भन्दै सोधेका छन् ।

“यक्ष प्रश्न–संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछरु दुबैको मुकुण्डो उत्रिएन त?,”उनले ट्विटमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *