चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउन विकास बोर्डको माग
नेपाली चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ। तीन हजार चलचित्रकर्मीलाई खोपको माग गर्दै चलचित्र विकास बोर्डले मन्त्रालयलाई पत्र बुझाएको छ।
बोर्डका सदस्य तथा बोर्डको कोभिड-१९ व्यवस्थापन संयोजक राज कटुवालले स्वास्थ्य मन्त्रालयलाई आज पत्र बुझाएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए।साथै बोर्डले आधिकारिक रुपमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र विभिन्न सरकारी निकायहरुसँग खोपको लागि पहल गरिरहेको अध्यक्ष दाहालले सुनाए।