फेसबुकले डोनाल्ड ट्रम्पको एकाउन्टको प्रतिबन्ध जारी राख्ने
फेसबुकले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टमा लगाएको प्रतिबन्ध जारी राख्ने भएको छ। राष्ट्रपतिको निर्वाचनताका ट्रम्पले युएस क्यापिटलमा दंगा भड्किने किसिमको स्टाटस् राखेपछि उनको एकाउन्ट निलम्बनमा परेको थियो।अब ट्रम्पको एकाउन्टमा लागेको प्रतिबन्ध सन् २०२३ को जनवरी ७ सम्म जारी रहने छ। सन् २०२१ को जनवरी ७ देखि लागु हुनेगरी २ वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय भएको र त्यसपछि पुनरावलोकन गरिने फेसबुकले जनाएको छ।
यो अवधिमा ट्रम्पले फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न पाउनेछैनन्।फेसबुकले ट्रम्पमाथिको प्रतिबन्धबारे हेर्नका लागि फेसबुकको स्वतन्त्र बोर्डलाई जिम्मा दिएको थियो। उक्त बोर्डले मेमा कम्पनीले ट्रम्पमाथि लगाएको प्रतिबन्धलाई जायज ठहर गरेको थियो।