नवाजुद्दिन सिद्दीकी र टाइगर श्राफ फेरि संगै
मुम्बई । बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकी टाइगर श्राफको डेब्यु चलचित्र ‘हिरोपन्ती’को बहुप्रतीक्षित सिक्वेल टिमसँग जोडिएका छन् ।
अभिनेता सिद्दीकी चलचित्र छायांकनको दोस्रो चरणदेखि जोडिनेछन् । चलचित्र छायांकनको पहिलो चरण कोरोनाभाइरसको दोस्रो लहर सुरु हुनुभन्दा अघि मुम्बईमा सकिएको थियो ।अब महाराष्ट्रमा लकडाउन हटेसँगै चलचित्र छायांकनको दोस्रो चरण सुरु गर्न निर्माण टिम तयार छ । अभिनेता नवाजुद्दिन खनलायकको भूमिकामा देखिने जनाइएको छ ।