कास्कीमा भोलिबाट सार्वजनिक सवारी पनि बन्द हुने


जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाउने भएको छ। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतवार जारी गरेको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङक्रमण तीव्ररूपमा फैलिरहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ।

वैशाख २१ गते बिहान ५.०० बजेदेखि वैशाख ३१ गते रातको १२.०० बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

सबै किसिमका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड कायम गरी नियमित पूजाआजा बाहेकका अन्य कार्य नगराउन आदेशमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *