बहुमत गुमाएका मुख्यमन्त्रीलाई पुनःनियुक्त गर्नु संविधानमाथिको ठाडो उल्लंघन : कांग्रेस सभापति


काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएका मुख्यमन्त्रीलाई पुनः मुख्यमन्त्री नियुक्त गर्नु संविधानमाथिको ठाडो उल्लंघन भएको बताएका छन् ।

सभापति देउवाले प्रेस विज्ञप्ती जारी गर्दै लुम्बिनी प्रदेशमा आज भएको घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको भन्दै संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको कडा निन्दा र भत्सर्ना गरेका हुन् ।मुख्यमन्त्रीले बहुमत गुमाइसकेको अवस्थामा अविश्वासको प्रस्ताव छलेको र उनैसँग बहुमत छ भनेर मान्दै फेरि मुख्यमन्त्री बनाइनु तर्कसंगत नभएको बताएका छन् ।

सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन ।’

एमालेबाट निर्वाचित सांसदले राजीनामा गरिसकेको र विपक्षमा रहेका दलले वैकल्पिक मुख्यमन्त्रीको प्रस्ताव गरेको अवस्थामा मुख्यमन्त्रीलाई सपथ दिलाइनु लज्जास्पद भएको टिप्पणी समेत सभापति देउवाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *