कृषिमा विदेशी लगानीप्रति संसदीय समितिमा चर्काचर्की
काठमाडौं ।नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सदस्यले नेपालको उत्पादनले कहिलेसम्म पेट पालेर बस्ने भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका हुन् ।कृषिमा वैदेशिक लगानी खुलाको विषयमा भएको छलफलमा सांसद अमृतादेवी अग्रहरिले नेपालले कृषि उपज अन्य देशबाट ल्याउनुपर्ने अवस्था आएको बताइन् ।
“हामी कृषि प्रधान देश भन्छौँ, अधिकांश कृषि उपज विदेशी देशबाट ल्याउनुपर्ने अवस्था आएको छ, विदेशी देशबाट ल्याउनु नै छ भने विदेशी कम्पनीलाई किन नल्याउने रु”,
उनले प्रश्न गर्दै भनिन्, “हामी कति पेट मात्र पालेर बस्ने, कृषिमा आत्मनिर्भर हुनुप¥यो । हामी आफैँ सक्छौँ पर्याप्त उत्पादन गरेर निर्यात गरौँ, नसके विदेशी कम्पनीलाई नेपाल आउने वातावरण निर्माण गरौँ ।
”समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सरकारले विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुनकुन क्षेत्रमा भित्र्याउने विषयमा स्पष्ट निर्णय नगरेको बताए । उनले यसअघि समितिले नै कृषिमा विदेशी लगानी भित्र्याउन तत्काल आवश्यक नभएको निर्णय गरे पनि सरकारले घुमाउरो रुपमा पुनः वैदेशिक लगानी खुला गरेको प्रति असन्तुष्टि व्यक्त गरे ।
उनले प्रश्न गरे, “जुन कुरामा हामी बल्ल आत्मनिर्भर भएका छौँ, सोही क्षेत्रमा विदेशी लगानी आए किसानले के गर्ने ?”
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषिमा आत्मनिर्भर भएर निर्यात गर्ने योजनाका साथ विदेशी लगानी खुला गरिएको बताए । “कृषिमा आत्मनिर्भर हुन ठूलो लगानीको आवश्यकता छ, ठूलो लगानी गर्न सरकारले सक्ने अवस्था छैन, आत्मनिर्भर भएर निर्यात गर्न विदेशी लगानी खुला गरिएको हो ।