टाइम ट्राभल लभस्टोरी ‘अनन्त’मा कार्म र लक्ष्मी


काठमाडौं ।कार्म र लक्ष्मी बर्देवा पहिलो पल्ट पर्दामा एक साथ देखिने भएका छन् ।थिएटरको पृष्ठभूमिबाट आएका दुवैले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् । शनिबार नै भक्तपुरबाट सुटिङ सुरु भएको छ ।

एक अर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी दुवैले चलचित्रको कथासँगै एकसाथ चलचित्र गर्ने रहरले आएको प्रस्ताव स्विकार गरेको बताए ।
काठमाडौँ । फिल्म ‘अनन्त’ निर्माण हुने भएको छ । फिल्ममा अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी वर्देवा जोडीको रुपमा देखिँदैछन् । फिल्मको सुटिङ शनिबार भक्तपुरदेखि सुरु भएको हो ।

लक्ष्मीले फिल्मको कथा राम्रो भएकोले अभिनय गर्न लागेको बताइन् । ‘यो लकडाउनको समयमा मैले कम्तीमा दश वटा जति स्क्रिप्ट पढें । कति पैसामा कुरा नमिलेर गरिनँ, कति भूमिका । यसको कथा र टिम मन परेर काम गर्ने निर्णय गरे,’ लक्ष्मीले भनिन् ।

टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

अस्कर फिल्मकलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले चलचित्रले प्रेमका लागि गर्ने त्यागको कथा पेस गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *