निर्धन उत्थान लघुवित्तले१ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्ने


काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १८ गते ९बुधवार० देखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले वैशाख २१ गतेसम्मका लागि उक्त शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । प्रतिकित्ता रू। ५५० मूल्य तोकिएको यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति , कम्पनी, संघ, संस्थाहरुले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्रहरु वैशाख २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *