एकीकरण बदर गरेको निर्णय विरुद्ध माओवादी केन्द्रको पुनरावलोकन निवेदन
काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण बदर गरेको निर्णयविरुद्ध पुनरवलोकन निवेदन दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च पुगेका छन्।
रामशाहपथ स्थित सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल पुगेका हुन्।
सर्वोच्चले नेकपा नाम विवादमा दुई पार्टीबिचको एकता नै अमान्य घोषित गरेको थियो। नेकपा एमाले ब्युँतिएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको सदस्यबाट नै निलम्बन गरेका छन्।