सोमबार नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्ज नेप्से मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन गरिएको हो ।
१. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
कम्पनीको ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ८१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।
२. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थाको १२ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६ सय ४२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
३. ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड
बैंकको ३.८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक सय ६९ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक सय ७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *