वर्तमान सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला नगर्ने बताएका छन् ।
शनिवार नागरिक आन्दोलनको अन्तरक्रिया कार्यक्रममा उनले भने, केही दिनभित्रै त्यो प्रक्रिया अगाडि बढाउँछु ।उनले थपे, ‘विरोधीले जे कुरालाई राम्रो भन्छ, त्यसलाई राम्रो ठान्नु हुन्न रे राजनीतिमा । विरोधिले जे नराम्रो ठान्छ त्यसलाई सकारात्मकरुमपा हेर्नुपर्छ रे ।
हिजो ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नली है भनेर मलाई जबरजस्त दवाव दिनुभएको छ । झन् उल्टो पर्छ है भन्नुभएको छ ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन उल्टाइदिएपछि आफूहरुले ठूलो लडाईं जितेको ठानेर सुस्ताउनु गल्ती भएको समेत बताएका छन् ।