आपसी मेलमिलाप र सद्भावना अनि प्रेम र सद्भावको चाड हो होली


प्रेम र सद्भावको चाड हो होली । यो हरेक बर्ष फागुन महिनाको पूर्णिमा तिथिमा मनाउने गरीन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
मान्यता अनुसार हिरण्यकश्यपका पुत्र प्रहलाद भगवान विष्णुका परमभक्त थिए । तर उनको विष्णु भक्तिबाट हिरण्यकश्यप आक्रोशित थिए ।
त्यसैले उनले आफ्नै पुत्र मार्ने योजना बनाई बहनी होलिकाको काखमा प्रहलाद बसाई अग्निमा बसाए । तर विष्णु कृपा प्राप्त भई होलिका जलेर भस्म भइन् भने प्रहलाद सुरक्षित भए । सोहि समयबाट होलिका दहको खुसीमा हरेक बर्ष होली मनाउने गरिन्छ ।
होलीको अवधीमा कुनै पनि शुभ कार्य जस्तै, मुण्डन, विवाह, घरको मुहूर्त, व्यापार प्रतिष्ठानको शुरुवात निषेध मानिन्छ । कुनै व्यक्ति भयंकर रोगसंग जुधिरहेको छ भने यो समयमा महामृत्युञ्जय, मृत सञ्जीवनी इत्यादि पाठ गरे वा गराएमा स्वास्थ्य लाभ मिल्ने धार्मीक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *