किन तारन्तार नेताहरु भेटिरहेका छन् निलम्बित सांसद रेशम चौधरीलाई


काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले निलम्बित सांसद रेशम चौधरीलाई जेलमै पुगेर भेट गरेका छन् ।

कैलालीबाट निर्वाचित जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई शुक्रबार बिहान डिल्लीबजार कारागार पुगी प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद बस्नेतले भेट गरेका हुन् ।प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपालाई सहभागी गराएर संसदमा बहुमत पुर्‍याई विश्वासको मत लिने प्रयास भइरहेका बेला बस्नेतले चौधरीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘जसपालाई सरकारमा सहभागी बनाउने पहलस्वरुप यो भेट भएको हो,’ बस्नेतनिकट स्रोतले बताएको छ ।

ओली र जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच निरन्तर वार्ता जारी छ ।गृहमन्त्री रामबहादुर थापाले बिहीबार आन्दोलनरत् थारु समुदायहरुका प्रतिनिधिहरूकै बीचमा पुगी चौधरी लगायतलाई रिहा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *