मोतिपुरमा स्थानीयले गरेको प्रतिरोधलाई नेता घनश्याम भुसालको साथ


रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास कार्यक्रममा स्थानीयले गरेको प्रतिरोधलाई नेता घनश्याम भुसालले आफ्नो समर्थन रहेको जनाएका छन्।

नेता भुसालले शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोर शिलान्यासका लागि पुगेका अर्थमन्त्री बिष्णु पौडेललेको कार्यक्रममा स्थानीयले गरेको विरोधप्रति आफ्नो समर्थन रहेको जनाएका हुन् ।उनले त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले स्थानीय वासिन्दाको हकअधिकारको पक्षमा आवाज उठाउँदै र सम्बन्धित सरोकारवालासँग छलफल गर्दै आएको बताएका छन्।

नेता भुसालले भनेका छन्, ‘औद्योगिक कोरिडोर बन्ने हल्ला चलाएर जग्गा दलालीको लागि वातावरण बनाउने बाहेक तथाकथित शिलान्यासको कुनै अर्थ छैन, जनतालाई दुख दिएर अरु कुनै नाजायज फाइदा लिने उनीहरुको चाहनालाई पूरा हुन दिइने छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *