राज्यको ढुकुटी रित्याउँदै पार्टीविरोधी क्रियाकलाप भइरहेका छन्


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोलाई ुढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तैु हुने भन्दै यथाशीघ्र विवाद निरुपण गरिदिन आग्रह गरेको छ । उक्त समूहले निर्वाचन आयोगलाई शुक्रबार एक पत्र बुझाउँदै प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माघ २० गतेयता निरन्तर पार्टी विरुद्ध भाम्रक र अनधिकृत कार्य गरिरहेको जानकारी दिएको छ ।

पत्रमा ओलीले पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै आठबुँदा समेटेको छ । ती बुँदमा ओलीले आफ्नो पार्टीको झन्डा र चिह्न प्रयोग गरिरहेको, राज्यको ढुकुटी सकेर कार्यकर्तामा भ्रम फैलाएको लगायत आरोप समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *