कांग्रेस प्रवक्ता शर्माको प्रश्न, विप्लवका हतियार खोई ?


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार-विप्लव सहमति हुँदा उनीसँग भएको हतियार कहाँ छन् भन्दै प्रश्न उठाएका छन् । शर्माले ट्‌विट गर्दै शान्तिप्रक्रिया र विद्रोहीसँगको सहमति हुँदा हतियार व्यवस्थापन प्रमुख मुद्दा हुनुपर्नेमा त्यही कुरा छुटाएको बताएका हुन् ।

“प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार विप्लव आउँदा पूरै रु,” शर्माले प्रश्न गरेका छन्, “राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?” उनले सहमतिमा महत्त्वपूर्ण विषय नै छुटेको संकेतसहित प्रधानमन्त्रीलाई मेन्सन गरेर भनेका छन्, “सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।”सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच तीनबुँदे सहमति भएको छ । त्यो बुँदामा उनले चौथो बुँदा किन लेखिएन भन्दै गम्भीर सवाल उठान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *