आईपिओ बाँडफाँडमा १० कित्ते प्रणाली हट्ने संकेत


आईपिओ बाँडफाँडमा लागु हुदै आएको १० कित्ता नीति परिवर्तन हुन सक्ने देखिएको छ । सेयर सम्बन्धि नियामक संस्था नेपाल धितोपत्र बोर्डले यो पद्धतीले बजारमा धेरै लगानीकर्ताको सहभागी भएपनि विकृति बढेको भन्दै त्यसलाई परिमार्जन गर्नको लागि अन्य विकल्पमा छलफल थालेको हो ।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यो नीति हटाउने बेला आएको महशुस भएकोले विभिन्न विकल्पमा छलफल भईरहेको बताए । आवेदा दिने सबैले सेयर नपाउने भएपछि १० कित्ते नीतिको खासै अर्थ नरहने उनको भनाई ढुंगानाको तर्क छ।
त्यसैगरी १० कित्ते नीति हुँदा एक व्यक्तिले नै धेरै जना व्यक्तिको नाममा खाता खोलेर शेयर भर्ने गरेको आइपिओमा विकृति बढेको निष्कर्ष बोर्डको छ ।
एकदमै मेहनतका साथ आवेदन दिँदा १० कित्ता मात्र शेयर पर्दा सेयर परेको अनुभूति नै नहुने, शेयर नपर्दा आफुले खर्चेको समय खेर जाने, परेको शेयर बेच्न पनि लामो प्रक्रिया अपनाउनु पर्ने, बिक्रि गर्दा समेत धेरै मुनाफा प्राप्त नहुने र एकै ब्यत्तिले धेरै जनाको खाता चलाउने जस्ता विकृति देखिएकाले बोर्डले यस नीतिलाई परिमार्जन गर्न खोजेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *