२ लाख २० हजार कित्ता संस्थापक शेयर लिलाम हुंदै
एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको २ लाख २० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आज फागुन १८ देखि फागुन २३ गतेसम्म ति शेयर लिलाम गर्न लागेको हो ।
बैंकले ति शेयरको मूल्य प्रति कित्ता ४३४ कायम गरेकोले आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ ।
शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले क्यापिटलबाट बोलपत्र फारम पाउन र बुझाउन सक्ने छन् । बैंकले शेयर लिलामको लागि पहिलो प्राथमिकता हाल विध्यमान संस्थापाकहरुलाई दिने जनाएको छ । यसपछि पनि शेयर बाँकि रहेमा बढी कबोल गर्ने अन्य व्यक्ति, संघ सस्थालाई शेयर प्रदान गरिने उल्लेख छ ।