ओलीको हतास मनस्थितिको उपज हो बैतडी घटना : गगन थापा


नेपाली कांग्रेसका नेता गगन थापाले बैतडीमा मंगलवार भएको घटना प्रधानमन्त्री केपी शर्मा ओलीको हतार मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् ।

बुधवार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत उनले बैतडीमा एनपी साउद र डिला संग्रौला सहभागी भएको कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय भएको समेत बताएका छन् । मंगलवार साउद र संग्रौला सहभागी कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले आक्रमण गरेको उनको आरोप छ ।

उनले भनेका छन्,ुहिंसा कायरहरूको हतियार हो।निषेध र आक्रमणको यो शैली सत्ता(शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *