बुधबारको सेयर बजार, कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ?
आज बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १.४७अंकले बढेर ४७५ अंकमा पुगेको छ ।
कुल २ सय ३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सेयर बजार बढ्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड९निफ्रा०का लगानीकर्ताहरुले सबैभन्दा बढी नाफा आर्जन गरेका छन् ।
त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, सनराइज बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड शिव श्री हाइड्रोपावर लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् ।