म्यानमारका सैन्य नेतामाथि अमेरिकी प्रतिबन्धको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् । म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित कोषलाई फ्रिज गर्न लागेको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् ।
म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित कोषलाई फ्रिज गर्न लागेको जानकारी दिएका छन् ।
बाइडेनले भने, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु जसले सैन्य कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू गर्छ । उनीहरुको व्यापारिक हित र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउनेछन् ।