लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखाना लाने भन्ने दिमागहरुलाई के भन्ने ?


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधानको पक्षमा लड्नेहरूलाई चिडियाखानामा थुन्ने धम्की दिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलप्रति कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रचण्डले बादलको नाम उच्चारण नगरी नराम्रो दिमाग भएका भनेर टिप्पणी गरेका हुन् ।
‘नेपालका सबै राम्रा दिमाग हाम्रो साथमा छन्, नराम्रा दिमागहरु म एक दुई जनाको नाम लिन चाहन्थेँ अहिले लिन्नँ । कति नराम्रा दिमाग लोकतन्त्र र संविधानको पक्षमा लागि लड्नेलाई चिडियाखाना खानामा लाने भन्ने दिमागहरु बुझ्नु भयो नि ?’ प्रचण्डले भने ।

गत माघ २३ गते दरबारमार्गमा आयोजित सभामा गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गर्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *