लोकतन्त्र,संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा : रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर-२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।

वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘‘संविधान बचाएर, संसद् पुनःस्थापन गरेर चुनावमा जाने हो,’’ पौडेलले भने, ‘‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ । कांग्रेस जे बोल्छ, त्यो गर्छ । कांग्रेसले संविधान बचाउँछ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *