कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्छ : एन्टोनियो गुटेर्रेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनले महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा पहिला देखि नै व्यक्त गर्दै आइरहेका छन्।
सन् २०२१ मा सबैको प्राथमिकता कोभिड १९ विरुद्धको खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्ने उनले बताए।
विश्वका केही सीमित देशका हातमामात्र कोभिडको खोप पुगेको तर गरिब तथा तेस्रो विश्वका देशहरुमा यो खोपको उपलब्धता अझै पनि गाह्रो देखिएको उनले बताए।
अहिलेकै अवस्थामा विश्वका देशहरुले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्ने उनले बताएका छन्।