अस्ताउँदो सूर्यको प्रतिक हुन् ओली, उदाउँदो सूर्य हामी हौं : माधव कुमार नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) र एमाले सकिएको बताएका छन्।
धनगढीमा आयोजित नेकपा प्रचण्ड समूहको आमसभामा बोल्दै नेता नेपालले एमाले र माओवादी मिले नयाँ पार्टी नेकपा जन्मेको र अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढेको बताएका हुन्।
‘मान्छेलाई केही समय मूर्ख बनाउन सकिएला। तर, मानिसलाई सधैँ मूर्ख बनाउन सकिँदैन। देश र जनताको कुराको साथ पार्टीलाई अगाडि बढाउन चाहन्छौँ’,उनले भने, ‘समाजवादको दिशामा केन्द्रित भएको छ। ओली देश विकासको पक्षमा छैनन्।’‘केपी ओली एण्ड कम्पनीबाट मुक्त हुनुहोस्, ओली अस्ताउने सूर्य हुन्। हामी उदाउँदो सूर्य हौँ’ उनले भने, ‘संसद पुनःस्थापनासँगै ओलीको बर्हिगन हुन्छ।’