माइतीघर मण्डलमा अहिंसात्मक नागरिक प्रदर्शन


काठमाडौँ। प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि नागरिक समाजले काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको माइतिघरमा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा संसद बिघटनको विरोधमा विरोध प्रदर्शन गरिएको हो ।
‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन भन्दै गरिएको विरोधमा डा गोविन्द केसी, पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका व्यक्ति सहभागी भएका थिए ।

सहभागीहरुले ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअंकित प्लाकार्ड बोकेर सरकारको विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *