संसद होइन्,केपी सरकार विघटन भएको हो : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने तर्क गरेका छन् ।
शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने हैसियत राख्ने जिकिर गरे ।
उनले विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् संसद् पुनःस्थापनाको पक्षमा रहेको दाबीपनि गरे । विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले इतिहासमै धेरै दाग लाग्ने गरी कलंकको टीका लगाएको बताए ।
संविधानलाई कुल्चेर भंग भयो भन्दैमा हामीले मान्नुपर्ने छ र ? केपी सरकार विघटन भयो भन्ने आफनो भनाई रहेको बताए’’।