सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य


नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् ।

प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले नेपाली काँग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताए ।

लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै खतिवडाले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *