प्रचण्ड- नेपाल समूहको धनगढीमा शक्ति प्रदर्शन

प्रचण्ड-नेपाल समूहको नेकपाले आज कैलालीको धनगढीमा शक्ति प्रर्दशन गर्ने भएको छ । दिउँसो १ बजे खुलामञ्चमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदर्शनलाई लक्षित गरि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जनसभाको पूर्वसन्ध्यामा शुक्रबार बेलुका मोटरसाइकल र्यालीसमेत निकालेको थियो।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल- नेपाल समूहमा विभाजित नेकपामा समानन्तर बैठक र शक्ति प्रदर्शन गर्दै एकअर्काको चर्को आलोचना गरिरहेका छन् ।
दुबै पक्षले एकअर्काको चर्को आलोचनासहित समानन्तर शक्ति प्रदर्शनको होड चलाइरहेका छन् ।