नेपाली मोडल अन्जली लामा, अब हलिउड फिल्ममा
नेपाली मोडल अन्जली लामाले अब हलिउड फिल्ममा काम गर्ने भएकी छिन्। उनले ६ भाग रहने एन्थोलोजी फिचर ‘वुमेन्स स्टोरिज’ अन्तर्गतको ‘सेयरिङ ए राइड’ नामक भागमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ।
‘सेयरिङ ए राइड’मा अन्जलीले बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन्। सो सेगमेन्टलाई लिना यादवले निर्देशन गर्ने छिन्।
यो फिचरलाई विभिन्न ६ भागमा विभाजित गरेर निर्माण गरिनेछ। जसमा कारा डेलेभिन्ज, इभा लोङ्गोरिया, मार्सिया हार्डेन र क्याथरिन हार्डविक पनि देखिने छन्।
फिल्ममा विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले निर्देशन गरेका कथालाई प्रस्तुत गरिनेछ। चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ। फिल्मका सबै कलाकार महिला हुनेछन्।