अनलाइनबाट एनआईबिएल एस क्यापिटलमा डिम्याट खाता र मेरोशेयर दर्ता
नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले लेआफ्ना ग्राहकवर्गहरुको सुविधालाई ध्यानमा राखी बिहीबारबाट विद्युतिय प्रणाली मार्फत डिम्याट खाता साथै मेरोशेयर दर्ता सेवा सुचारु गरेको छ ।
लगानीकर्ता तथाअन्य सरोकारवालाहरुको सल्लाह एवं सुझावहरुलाई मध्यनजर गरी,एनआईबिएल एस क्यापिटले आफ्ना सेवाप्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता खोल्न तथा मेरोशेयर दर्ता विधुतिय प्रणाली मार्फत गर्न सकिने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।