‘चिसो मान्छे’ फागुनबाट फ्लोरमा जाने


काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘चिसो मान्छे’को सुटिङ फागुनबाट सुरु हुने भएको छ ।
फागुनको पहिलो साताबाट फिल्मको सुटिङ सुरु हुने खनालले जानकारी दिए ।मानिसहरुमा देखिएको नैराश्यताको कथामा बन्न लागेको फिल्मको लेखन निर्देशक खनाल आफैले गर्नेछन्।

‘फिल्मको लेखन कार्य सकिएको छ । अब सुटिङको लागि तयारी गर्दैछु,’ निर्देशक खनालले भने ‘फागुनको पहिलो साताबाट फिल्म छायाँकनमा निस्कने तयारी भइरहेको छ ।’

अभिनेता अर्पण थापा र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहने फिल्म ‘चिसो मान्छे’ शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *