हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो: डा.सशाङ्क कोइराला


नेपाली काँग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्ह लगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको बताए ।
“हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो”, कोइरालाले भने, “पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *