बालेनको आक्रोश : सबैलाई टुकुचामा गाडदिन्छु ! त्यसपछि हेरौँला


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारको दम्भका कारणले महानगरका कर्मचारीले तीन महिना देखि तलब नपाएको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले अबको एक हप्ता भित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनी समेत दिएका छन् ।उनले भने, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *