अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : कसले कुन अवार्ड पाए ?

आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मिनबहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालाले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ ।
चलचित्र ‘आखाँ’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ । उत्कृष्ट निर्देशकतर्फ ‘पुजार सार्की’बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन् ।
उत्कृष्ट महिला कलाकार अवार्ड चलचित्र पुजार सार्कीबाट नायिका अञ्जना बराईली प्राप्त गरेकी छिन् भने उत्कृष्ट पुरूष पात्र अवार्ड ‘आखाँ’बाट आर्के मेहताले हात पारेका छ्न् ।
राष्ट्रिय फिचर फिल्म अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन् । उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाएका छन् ।
भारतीय चलचित्र रूक्मिणीले डङ्की आट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र द अविस्ले पाएको छ ।
उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको चलचित्र ‘अ बिटनेस’ले पाएको छ भने । ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नु’ले पाएको छ ।
‘बागमती अवार्ड’ स्पेनको चलचित्र ‘लुसिया जि रोमेरो’ले पाएको छ ।
लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतिदेवी उत्कृष्ट फिचर फिल्म अवार्ड पाएको छ । उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवि’ अडियन्स चोइस अवार्ड डकुमेन्ट्री तर्फ चलचित्र ‘गल्स रि राइटिङ डेस्टिनि’ उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको चलचित्र ‘द विटनेस ट्रि’ ले पाएको छ ।
चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौंमा भएको निफ महोत्सवमा ४० देश का ८७ फिल्म प्रदर्शन भएका थिए ।