चलचित्र ‘नरसिंहा अवतार’ चैत २९ गते प्रदर्शन नहुने


चलचित्र ‘नरसिंहा अवतार’ पूर्वनिर्धारित मिति चैत २९ गते प्रदर्शन नहुने भएको छ । ‘नरसिंहा अवतार’मार्फत राजेश हमाल आठ वर्षपछि ठूलो पर्दामा फर्किन लागेका छन् ।

राजेश हमालको कमब्याक भनेर प्रचार गरिएको चलचित्र चैत २९ मा नआउने निश्चित भएको हो । अब यो चलचित्र आगामी वर्षको जेठमा आउने सम्भावना रहेको बताइएको छ ।

विशेष स्रोतले दिएको जनाकारी अनुसार ‘नरसिंहा अवतार’ जेठ १५ गते प्रदर्शन गर्ने तयारी गरिरहेको बुझिएको छ ।

चैत २९ मा ‘पिताम्बर’ र ‘कर्मा’ रिलिज हुने भएपछि ‘नरसिंहा अवतार’ पछि सर्ने भएको हो । अब यो चलचित्र सोलो रिलिजको मौका पारेर आउने भएको छ ।

राजेश हमालले अरुको चलचित्रसँग एकै दिन रिलिज नगर्न निर्माणपक्षलाई दबाब दिएको बताइएको छ ।

चलचित्रमा राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराईलगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *