आइपीएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित


सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।

हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो।

२ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए ।

जुरेलले ३५ बलमा ५ चौका र ६ छक्काको साथमा सर्वाधिक ७० रन जोडे। साम्सनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन बनाए।

सिमरोन‌ हिटमेयर ४२, शुभम दुबेले ३४, नितिश राणाले ११ रन बनाए भने अन्य ब्याटर भने चल्न सकेनन् ।

हैदरवादका सिमरहित सिंह र हर्षल पटेलले समान २ , मोहम्मद सामी र एडन जाम्पाले समान १ विकेट लिए।

यस अघि इशान किसनको आक्रमक शतकीय इनिङसँगै हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रन बनाएका थिए।
४५ बलमा शतक पूरा गरेका किसनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । ओपनर ट्राभिस हेडले पनि आक्रमक खेल्दै अर्धशतक बनाए । हेडले ३१ बलमा ९ चौका र ३ छक्कासहित ६७ रन बनाएका थिए।

अर्को ओपनर अभिषेक शर्माले २४, नितिशकुमार रेड्डीले ३० , हेन्रिच क्लासनले ३४ रन बनाएका थिए। राजस्थानका तुषार देश पाण्डेले ३ , महेश थिकसनाले २ र सन्दीप शर्माले १ विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *