आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २६ पैसा र बिक्रीदर १३७ रुपियाँ ८६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १४८ रुपियाँ ८० पैसा र बिक्रीदर १४९ रुपियाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपियाँ ६७ पैसा र बिक्रीदर १७८ रुपियाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ७८ पैसा र बिक्रीदर १५६ रुपियाँ ४६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ३६ पैसा र बिक्रीदर ८६ रुपियाँ ७३ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७३ पैसा र बिक्रीदर ९६ रुपियाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ८८ पैसा र बिक्रीदर १०३ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ २१ पैसा र बिक्रीदर नौ रुपियाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३६ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *