महेश त्रिपाठीको ४ फिल्म ३ सातामा हलमा


एक महिनामा धेरै फिल्म नेपालमा कुनै कलाकारको रिलिज हुन्छ भने, ती कलाकार दयाहाङ राई हुन् । दयाको एक महिनामा ‘दुखी आत्मा, लाज शरणम्, अन्जिला, राजागन्ज’ रिलिज भए । अब, उनको चैत्रको २९ गते फिल्म ‘पिताम्बर’ रिलिज हुँदैछ ।तर, अर्का एक जना कलाकार पनि छन् जसको ३ सातामै ४ वटा फिल्म रिलिजमा आएको छ । कलाकार महेश त्रिपाठीको ४ वटा फिल्म ३ सातामा हलमा लागेका छन् । उनको फागुनको १४ गते ‘लाज शरणम् र रेशम फिलिली’ रिलिजमा आयो ।

यी दुबै फिल्ममा उनले गरेको अभिनयको निकै तारिफ भयो । अहिले महेशको माग पनि चुलिएको छ । फिल्म क्षेत्रमा करिब २ दशक बिताएका महेशले यसपटक दर्शकको ध्यान खिचे ।उनै, महेशको फागुनको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’मा पनि अभिनय हेर्न पाइन्छ । उनको भूमिका लामो छैन तर विशेष छ । रिलिजमा आउन लागेको फिल्म ‘११ः५५’मा पनि महेश मुख्य भूमिकामा छन् । फिल्मका मुख्य पाँच पात्र मध्ये महेश एक हुन् । उनको भूमिकाले पनि दर्शकलाई सरप्राइज दिन सक्छ ।३ सातामा ४ फिल्म रिलिज भएपनि महेशले समय व्यवस्थापन गरिरहेका छन् । यतिमात्र होइन, उनी आउँदो वर्ष रिलिजमा आउने केही फिल्मको छायांकनमा पनि धमाधम लागिरहेका छन् । यसरी हेर्दा, महेशको व्यस्तता पनि फिल्म क्षेत्रमा निकै बढेको वुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *