फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० मा प्रदर्शन हुने


चलचित्र ‘ह्रस्व दीर्घ’ले नयाँ रिलिज डेट तोकेको छ । अब यो चलचित्र कात्तिक ३० गते आउनेछ । असोज ३ गतेबाट प्रदर्शनमा आउने भनिए पनि पोस्ट प्रोडक्सनको काम नसकिएको भन्दै निर्माणपक्षले प्रदर्शन मिति पछि सारेको हो ।

सिनेमाको प्राविधिक काम मुम्बइमा भइरहेको छ । चलचित्रमा हरिहर अधिकारी र नीता ढुंगाना मुख्य भूमिकामा छन् ।

नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतकलाकारको अभिनय छ ।

हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *