कोशीमा भेटियो लोपोन्मुख माछा


कोसीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोसी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको जनाइएको छ ।

क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस अरूणाचलेन्स वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण संघ (आयूसीएन)ले पृथ्वीबाटै संकटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरूणाचलेन्स माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गरे । पाँचजना नेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरू वाङ हुई, जिनक्वान याङ र चेनहोङ लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगस्टमा सोसम्बन्धी लेख प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *